आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति भिडियो

प्रचण्डले भने- उपसभामुखलाई हटाउन खोज्नु गलत हो, यसको विरोध गर्छौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३ भदौ, २०८२ मा प्रकाशित
प्रचण्डले भने- उपसभामुखलाई हटाउन खोज्नु गलत हो, यसको विरोध गर्छौं
फाइल तस्बिर ।
काठमाडौं, भदौ ३ :

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयासको विरोध गरेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली कांग्रेस र एमालेले उपसभामुख हटाएर गल्ती गर्न लागेको बताएका हुन्। ‘उपसभामुख हटाउन खोज्नु गलत हो। हामी यसको विरोध गर्छौं’ प्रचण्डले भने।

उनले इन्दिरा राना सामाजिक सेवामा सक्रिय आदिवासी जनजातिकी महिला भएको भन्दै उनलाई अनाहकमा हटाउन खोजिएको आरोप लगाए। साथै, रानामाथि अघिल्लो पटक लगाइएको आरोप झुटो भएको पनि बताए।

कांग्रेस र एमाले सांसदहरूले उपसभामुख हटाउन हस्ताक्षर संकलन जारी राखेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार