बागलुङ, भदौ ६ :
बागलुङमा विद्यार्थी बोकेको गाडी दुर्घटना भएको छ । गाडी दुर्घटनामा ६ जना घाइते भएका छन् ।
बागलुङको गलकोट नगरपालिका ५ स्थित शिवालय मन्दिरनजिकै शुक्रबार बिहान गलकोट बहुमुखी क्याम्पसको गाडी दुर्घटना भएको हो ।
हरिचौरबाट हटिया जाँदै गरेको ग.१झ ७४३ नम्बरको गाडी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।
दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहनसिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनीता सापकोटा घाइते भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार तीव्र गतिका कारण गाडी दुर्घटना भएको हो । घाइतेहरुको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण