
काठमाडौं, भदौ ७ :
हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । इजरायलबाट फर्केपछि उनीहरूले शनिबार प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
उनीहरूले इजरायली राष्ट्रपति इसाक हेर्जोग र संसद्का अध्यक्ष अमिर ओहानासँग भेट गरेर विपिनको रिहाइको माग गरेका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले विपिनको रिहाइको पहलका लागि सरकार लागिरहेको र कुनै पनि कसर बाँकी नराखेको आश्वस्त बनाए ।