शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
मनाेरञ्जन

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ भदौ, २०८२ मा प्रकाशित
प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित
ललितपुर, भदौ ८ :

मेरो भ्वाइस युनिभर्स सिजन २ को विजेता प्रथम गुरुङ घोषित भएका छन् । यस्तै मेरो डान्स युनिभर्स सिजन २ को विजेता रिस्ता गुरुङ भएकी छन् ।

इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन २ को ग्रान्ड फिनालेमा दुवैजनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही एक करोड रुपैयाँ नगद पुरस्कारसहित २५ लाख रुपैयाँबराबरको जीवन बिमा, हवाई टिकटका साथमा विभिन्न पुस्कार प्राप्त गरेका छन् ।

मेरो डान्स युनिभर्सको फर्स्ट रनरअप भई अमृता राईले २५ लाख रुपैयाँ नगदसहित सिटिजन्स लाइफबाट २० लाख रुपैयाँबराबरको जीवन बिमा प्राप्त गरेकी छन् । सेकेन्ड रनरअप भई सीतु महर्जनले १० लाख रुपैयाँसहित सिटिजन्स लाइफबाट १५ लाख रुपैयाँबराबरको जीवन बिमा प्राप्त गरेकी छन् । थर्ड रनरअप सुरज सिँजाली मगरले ६ लाख रुपैयाँ नगदसहित सिटिजन्स लाइफबाट १० लाख रुपैयाँबराबरको जीवन बिमा तथा फोर्थ रनरअप सुशना कोइरालाले रु पाँच लाख नगद, सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा प्राप्त गरे । फिप्थ रनरअफ साजन पाख्रिन तामाङले नगद रु चार लाख र सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा प्राप्त गरे ।

यसैगरी मेरो भ्वाइस युनिभर्सको फस्ट रनरअप भई टोपराज तामाङले रु २५ लाख नगदसहित रु २० लाखबराबरको जीवन बिमा तथा सेकेन्ड रनरअप जुनु प्रसाईँले रु १० लाख र १५ लाखबराबरको जीवन बिमा प्राप्त गरे । थर्ड रनरअप वाङ्गे गुरुङले रु ६ लाख र सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा, फोर्थ रनरअप प्रशान्त पोखरेलले रु पाँच लाख नगद, रु १० लाखबराबरको बिमा तथा फिप्थ रनरअप दीपराज राईले नगद रु चार लाख तथा सिटिजन्स लाइफबाट रु १० लाखबराबरको बिमा प्राप्त गरे ।

कल्चरल ग्रुप डान्स प्रतिस्पर्धामा भुटनिज रेफुजी डान्स ग्रुपले विजेता भई रु २५ लाख र गिफ्ट ह्याम्पर प्राप्त गरेको छ भने फस्ट रनरअप कल्चरल ग्रुप डान्समा मनास्लु वर्ड कलेजले रु १५ लाख प्राप्त गरेको छ । त्यसैगरी, युमा महारानी नृत्य समूह सेकेन्ड रनरअप हुन सफल भइ रु १० लाख प्राप्त गरेको छ । थर्ड रनरअप भएर नेपाल प्रहरीले रु पाँच लाख प्राप्त गरेको छ भने सामूहिक नृत्यतर्फ तरेली सांस्कृतिक ग्रुपले फोर्थ अनरअप भई रु तीन लाख पुरस्कार प्राप्त गरेको छ ।

विजेतालाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार