काठमाडौं, भदौ ८ :

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् ।

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशी इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका छन् ।

विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतलाई भेटेको र यो विषय अन्र्तराष्ट्रिय स्तरमा पुगेको बताए । उनीहरुले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरिन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाका आफूले थप प्रयास गर्ने प्रतिबद्धता जनाए ।