बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश गण्डकी प्रदेश

पोखराको आर्वामा बस दुर्घटना, चालकसहित २३ जना घाइते

घाइतेमध्ये ११ जना उपचारपछि घर फर्किए
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ भदौ, २०८२ मा प्रकाशित
पोखराको आर्वामा बस दुर्घटना, चालकसहित २३ जना घाइते
कास्की, भदौ ९ :

पोखरा–१३ आर्वास्थित मडकेल्नाको ओरालोमा क्रोबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग१ख ४०२७ नम्बरको बस आज बिहान मडकेल्नामा दुर्घटनाग्रस्त हुँदा चालकसहित २३ जना घाइते भएका हुन् । 

स्थानीय रवि बरालका अनुसार यात्रु लिएर काहुँखोलातर्फ आउँदै गरेको बस  मडकेल्नाको ओरालोमा सडकको दायाँतर्फको भित्तामा ठोकिएको थिए ।

घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । दुर्घटनाका घाइतेमध्ये टङ्कप्रसाद देवकोटा र जमुना बरालको अवस्था मध्यम रहेको छभने अन्य सबै घाइतेको अवस्था सामान्य रहेको जानकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले दिएको छ ।  

घाइतेमध्ये ११ जना उपचारपछि घर फर्किसकेका छन् । ‘डिस्चार्ज’ हुनेहरूमा चालक ४२ वर्षीय तेजबहादुर मगर, ४६ वर्षीय चन्द्रबहादुर आले, १५ वर्षीया सिम्रन बराल, ४४ वर्षीया मनमाया सुनार, २५ वर्षीया कविता पाण्डे, १० वर्षीय एञ्जल परियार, ४० वर्षीया नानुमाया परियार, २३ वर्षीया रचना बराल, ६ वर्षीय दिव्यान बराल, ४६ वर्षीय शरद बराल र ७० वर्षीय पदमराज बराल रहेका छन् ।

अस्पतालमा उपचाररत अन्य घाइतेहरूमा पोखरा–१३ कै २० वर्षीया अञ्जली परियार, ३२ वर्षीया अनिता सापकोटा, ६५ वर्षीया अम्बिका ढकाल, ३० वर्षीया सुष्मा परियार, ९ वर्षीया सुप्रिया परियार, ६५ वर्षीया मनशोभा परियार, ५२ वर्षीया कोपिला बराल, ६२ वर्षीय टङ्कप्रसाद देवकोटा, ३२ वर्षीय मधु अधिकारी, ३७ वर्षीय चन्द्र पराजुली, ३४ वर्षीया पार्वती बराल र ५५ वर्षीया जमुना बराल रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार