काठमाडौं, भदौ ९ :

साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजार २१.३० अंकले बढेको छ । योसँगै नेप्से परिसूचक २७६१.२६ विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.१८ अंकले बढ्दै ४७४.२३ विन्दुमा रोकिएको छ ।

नेप्सेमा आज ३१७ वटा कम्पनीको ५७ हजार १५७ पटकको कारोबारमा एक करोड आठ लाख ७७ हजार ९४२ कित्ता सेयर किनबेच भए । जसअनुसार आज पाँच अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ रुपैयाँबराबरको कारोबार भएको छ ।

नेप्सेमा आज १८९ कम्पनीका सेयर मूल्य बढे । जसमा ७१ वटा कम्पनीको मात्र सेयरमूल्य घटे । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डबाहेक सबै समूहका सूचकमा हरियाली देखिए ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा नारायणी विकास बैंक लिमिटेड सबैभन्दा अगाडि छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ७९०.१० रुपैयाँ कायम रह्यो ।

यसैगरी बढी गुमाउने कम्पनीको सूचीमा आरबीबी म्युचुअल फन्ड-१ सबैभन्दा अगाडि छ ।

नेप्सेमा आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार सर्वाधिक भएको छ । नेपाल रिइन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १६४६.९० रुपैयाँ कायम रह्यो । यसको ७६ अर्ब ९६ करोड ७७ लाख ९५ हजार १८० रुपैयाँको सेयर कारोबार भएको छ ।