बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश

रुबीको हत्यामा प्रयोग भएको ई-रिक्सा चालक नियन्त्रणमा

रिक्साको चक्कामा समस्या आएपछि फिर्ता पठाएर सुटकेस सडकमै छाडिएको थियो।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ भदौ, २०८२ मा प्रकाशित
रुबीको हत्यामा प्रयोग भएको ई-रिक्सा चालक नियन्त्रणमा
रौतहट, भदौ ९ :

रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा प्रयोग गरिएको ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका चालक गौर बजारका लक्ष्मण महरा हुन्।

प्रहरीका अनुसार रुबीको शव सुटकेसमा राखी फाल्न  ई-रिक्सा पाँच सय रुपैयाँमा भाडामा लिइएको थियो। ई-रिक्सा चालकले सुटकेसभित्र के छ भन्ने थाहा नपाएको बताएका छन्।

गगापिप्रा गाउँसम्म लैजान ई-रिक्सा प्रयोग गरिएको र मुडलवा गेटनजिक चक्कामा समस्या आएपछि रिक्सालाई फिर्ता पठाएर सुटकेस सडकमै छाडिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीका अनुसार रुबीकी हत्याराको लगभग पहिचान भइसकेको छ ।

शनिबार साँझ करिब ६ बजे गौर बजार जान भन्दै आमा मिथिलादेवी साहलाई फोन गरेकी रुबी त्यसपछि बेपत्ता भएकी थिइन्। राति घर नफर्किएपछि परिवारले खोजतलास गरे पनि केही पत्ता लागेन। त्यसै राति गौर नगरपालिका–९ स्थित मुडलवा गेटनजिक सडकमा एक शंकास्पद सुटकेस फेला परेको थियो।

स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरीले राति नै घटनास्थल पुगेर सुटकेस खोलेन। आइतबार बिहान अनुसन्धान गर्दा उक्त सुटकेसभित्र रुबीको शव फेला परेको थियो। प्रहरीले आशंका गरिएअनुसार शनिबार राति उनलाई डेरामा बोलाएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार