काठमाडौं, भदौ १० :

हरितालिका तिजका अवसरमा पशुपतिनाथलगायत देशैभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।  

योसँगै आराध्यदेव श्रीपशुपतिनाथमा दर्शनार्थीको भिड लागेको छ । रातो पोसाक (साडी, कुर्था) मा सजिएर दर्शनका लागि मन्दिर पुगेका महिलाहरु विभिन्न समूहमा नाचगानको रमाइलोमा पनि झुमिरहेको देख्न सकिन्छ ।

पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीका अनुसार तिजकै लागि पशुपतिनाथ मन्दिरका चारै ढोका बिहानै ३ बजेदेखि नै खुला गरिएको छ । पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटिएका छन् ।

हेरौं हरितालिका तिजका अवसरमा नाचगान र मन्दिर दर्शनका लागि पुगेका दर्शनार्थीका अनेक मुद्राका तस्बिर :