आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार राजनीति

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईद्वारा उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता

अनुदान कटौती गर्ने सरकारी निर्णयको विरोध
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० भदौ, २०८२ मा प्रकाशित
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईद्वारा उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता
काठमाडौं, भदौ १० :

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले उखु किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्।

मंगलबार काठमाडौँको माइतीघरमा धर्नामा बसेका किसानहरूसँग भेट गर्दै उनीहरूले सरकारले अनुदान कटौती गर्ने निर्णयको विरोध गरेका हुन्। नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष हुन् भने भट्टराई नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष हुन्।

सरकारले अनुदान कटौतीको निर्णय फिर्ता नलिए किसान उखु खेतीबाट विस्थापित हुने अवस्था आउने नेताहरूको भनाइ थियो।

उखु किसानले सरकारको अनुदान कटौतीको विरोधमा आइतबारदेखि माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। तराई–मधेसका सर्लाही, महोत्तरी, सिराहा, रौतहट, बारा, सुनसरी, मोरङ, नवलपरासी, कञ्चनपुरलगायत १३ जिल्लाबाट आएका अगुवा किसान धर्नामा सहभागी छन्।

गत असार अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाउँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कटौती गर्ने निर्णय गरेको थियो।

उनीहरूले अनुदान पुनः कायम गर्न र बाँकी भुक्तानी तत्काल दिन सरकारसँग माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार