लमजुङ, असोज १ :
पहिरोले अवरुद्ध डुम्रे- बेँसीसहर सडक सञ्चालनमा आएको छ ।
लमजुङ बेँसीसहर नगरपालिका- १ स्थित उदिपुर, दलाल लगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो ।
पानी निरन्तर रूपमा परिरहे पनि दुईवटा जेसिबीले विभिन्न ठाउँको पहिरो हटाएसँगै आज बिहानबाट सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोले सडक अवरुद्ध बनाएसँगै रोकिएका बेँसीसहरबाट काठमाडौँ, तनहुँ, पोखरा आवत जावत गर्ने सवारी साधन अहिले गन्तव्यतर्फ गइरहेको प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले बताउनुभयो ।