काठमाडौं, भदौ ११ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।

बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन्। अब कैफियत प्रतिवेदन प्राप्त भएपछि मुद्दाको अर्को सुनुवाइ तय हुने छ।

रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही विषयमा निवेदन दिएका थिए। तर जिल्ला अदालतले 'माग बमोजिम नहुने' आदेश दिएको थियो। त्यसपछि उनी उच्च अदालत पुगेका हुन्।