आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति कला/साहित्य

‘माओवादी जनयुद्धलाई आतंककारी गतिविधि भन्ने प्रवृत्ति अझै कायमै छ’

माओवादी आन्दोलनमा कमजोरीहरू भएको स्वीकार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ भदौ, २०८२ मा प्रकाशित
‘माओवादी जनयुद्धलाई आतंककारी गतिविधि भन्ने प्रवृत्ति अझै कायमै छ’
काठमाडौं, भदौ ११ :

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी युद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै पनि कायमै रहेको बताएका छन्।

काठमाडौंमा शुक्रबार आयोजित नवराज पुडासैनीद्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्ध लोकतन्त्र, गणतन्त्र र सामाजिक रूपान्तरणको मुख्य वाहक भएको बताएका हुन्। उनका अनुसार यो आन्दोलन केवल माओवादका ग्रन्थ होइन नेपालकै ऐतिहासिक विद्रोहहरूको अध्ययनबाट प्रेरित थियो।

उनले जनताको संघर्ष र बलिदानका गाथा सबै ७५३ पालिकामा लिपिबद्ध गरी राष्ट्रिय कृति बनाउनुपर्ने बताए। साथै, गणतन्त्रका लागि योगदान गरेका सबै सहिद र योद्धाहरूलाई समान सम्मान दिनुपर्ने धारणा राखे।

प्रचण्डले संख्याको तागत विवेकभन्दा ठुलो हुने प्रणालीले माओवादीको संघर्षलाई कठिन बनाएको उल्लेख गर्दै समाजमा देखा परेको अराजकता र बेथिति जनयुद्धका मूल्यहरू संस्थागत गर्न नसक्दा भएको जिकिर गरे।

उनले माओवादी आन्दोलनमा कमजोरीहरू भएको स्वीकार गर्दै आत्मालोचना र सुधार गर्ने संस्कार माओवादीको मौलिकता भएको बताए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार