मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार राजनीति

संसदमा माओवादी केन्द्रले अबरोध नगर्ने, प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने

· सोमबार, १ असोज, २०८१ मा प्रकाशित
संसदमा माओवादी केन्द्रले अबरोध नगर्ने, प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने
काठमाडौँ, असोज १ :

माओवादी केन्द्रले प्रतिनिधि सभाको आजको बैठक संचालन गर्न दिने भएको छ। 

प्रतिनिधि सभाको आजको कार्यसूचीको टुंगो लगाउन सभामुख देवराज घिमिरेले बोलाउनुभएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा माओवादीले आफ्नो विषय राखेर संसदलाई सुचारु गर्न दिने सहमति गरेको छ ।

संसदको अधिवेशन अन्त्य तथा आज प्रधानम्त्रीको प्रतिनिधि सभाको बैठकमा हुने सम्बोधनलाई लिएर केहीबेर अघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले आफूहरु ‘हिंसा’ भन्दे शब्द हटाउनुपर्छ भन्ने पक्षमा भएपनि प्रधानमन्त्रीले विदेश जाने सन्दर्भमा संसदमा बोल्न लाग्नुभएकोले आफ्नो कुरा राखेर अबरोध हटाउने बताउनुभयो । यसैगरी नेता पाण्डेले सभामुखको विरोधमा माओवादी केन्द्र नभएको पनि स्पष्ट पार्नुभएको  छ ।

प्रतिनिधि सभाको बैठक अहिले बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार