शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

सदनमा प्रधानमन्त्री : चीन भ्रमणबारे जानकारी, लिपुलेकबारे मुखै खोलेनन् [भिडियोसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ भदौ, २०८२ मा प्रकाशित
सदनमा प्रधानमन्त्री : चीन भ्रमणबारे जानकारी, लिपुलेकबारे मुखै खोलेनन् [भिडियोसहित]
काठमाडौं, भदौ १३ :

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले आसन्न चीन भ्रमणबारे सांसदहरुलाई जानकारी गराएका छन् । उनले चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङलगायत नेताहरुसँगको मैत्रीपूर्ण भेटवार्ताका विषयमा जानकारी गराए ।

तर उनले चीन र भारतले नेपाली भूमि लिपुलेकबारे गरेको सम्झौताबारे मुखै खोलेनन् । चीन र भारतले भदौ ३ गते नेपाललाई बाइपास गरेर लिपुलेक नाका प्रयोग गर्ने सहमति पुनः गरिसकेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेकसहित तीन व्यापारिक नाका खोल्ने सहमति दुई देशबीच भएको हो ।

लिपुलेक नेपालको भूभाग हो, जसको उत्तरतर्फ चीनको तिब्बत क्षेत्र छ । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो भूमि मान्दै चुच्चे नक्सा सार्वजनिक गरिसकेको छ । अहिलेका प्रधानमन्त्री ओली यसअघि प्रधानमन्त्री हुँदा उक्त नक्सा जारी भएको थियो ।

सदनमा भने ओलीले आफू नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गतेदेखि १८ गतेसम्म ५ दिने भ्रमणमा जान लागेको जानकारी गराए ।

उनले सम्बोधनका क्रममा भ्रमण नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी हुने दाबी गरे । ‘नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्नेछ। त्यसमा विश्वस्त रहन आग्रह गर्छु,’ उनले भने ।

भ्रमणको मूल उद्देश्य चीनको थियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (सांघाई को-अपरेसन अर्गनाइजेसन) को शिखर सम्मेलनमा भाग लिनु रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार