सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार#‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी#काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने #नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार#‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी#काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने
राजनीति प्रदेश लुम्बिनी प्रदेश अर्थतन्त्र कृषि

कृषिमन्त्री अधिकारी भन्छन्- अबका दश दिनमा युरिया मल सहज रूपमा उपलब्ध हुन्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ भदौ, २०८२ मा प्रकाशित
कृषिमन्त्री अधिकारी भन्छन्- अबका दश दिनमा युरिया मल सहज रूपमा उपलब्ध हुन्छ
कपिलवस्तु, भदौ १५ :

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् ।

चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल सातादशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए। अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे ।

मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए । ‘मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ, ठूलो भूभागमा खेती गर्ने किसानले मल अभावका कारण  आर्थिक क्षति  बेहोर्नु नपरोस् भन्नेमा हामी संवेदनशील छौँ’, उनले भने।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सोही पार्टीका जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि किसानलाई  मल, बीउलगायत सामग्री वर्षायाम अगावै उपलब्ध गराउने योजनामा काम गर्न सुझाव दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार