बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित #सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित
समाचार प्रदेश बागमती प्रदेश

चीनले भोटेकोसीमा राखेको ह्युमपाइप बाढीले बगायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ भदौ, २०८२ मा प्रकाशित
चीनले भोटेकोसीमा राखेको ह्युमपाइप बाढीले बगायो
रसुवा, भदौ १५ :

चीनले भोटेकोसीमा राखेको ह्युमपाइप बाढीले बगाएको छ ।  नेपाल आउन भोटेकोसीमा बनाएको अस्थायी संरचनाका दुई वटा ह्युमपाइप गएरातिको बाढीले बगाएको हो । रसुवागढी नाकामा बाढीपहिरो आउने क्रम नरोकिँदा भोटेकोसीमा बेलिब्रिज निर्माणको काम अघि बढ्न सकेको छैन ।

नेपालतर्फको सडकको माथिल्लो भागबाट नितान्तै पहिरो आइरहेको छ । शनिबार बिहान सुख्खा पहिरो खसेका कारण टिमुरे–रसुवागढी खण्ड सडक अवरुद्ध भएको छ ।सीमानजिकै गएको सुख्खा पहिरोले आवतजावतमा झन् समस्या भएको छ ।

चीनले मितेरी पुलको आफ्नो भूभागमा बेलिब्रिजका लागि फाउन्डेसन तयार गरेको छ । तर नेपालतर्फको बेलिब्रिजको फाउन्डेसन पनि तयार भएको छैन ।

असारको बाढीले मितेरी पुल नै बगाएपछि नेपाल–चीनको स्थलमार्गबाट हुने आवतजावत ठप्प छ ।वर्षाले पहिरो जाने क्रम रोकिएको छैन भने भोटेकोसीमा बाढी आइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार