काठमाडौं, भदौ १६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारसँगको अन्तर्क्रिया कार्यक्रम स्थगित गरेको छ । आज दिउँसो २ बजे  रूपन्देही-३ का उम्मेदवारसँग अन्तर्क्रिया कार्यक्रम राखेको थियो ।

रूपन्देही-३ का उम्मेदवार डा लेखजंग थापासँग पत्रकार भेटघाट र अन्तर्क्रिया कार्यक्रम तय गरिएकोमा अपरान्ह १२ बजे रास्वपाले स्थगित भएको सूचना जारी गरेको छ।

रास्वपाका प्रवक्ता मनीष झाले विशेष कारणवश पत्रकार भेटघाट कार्यक्रम स्थगित भएको अर्को समयको लागि सारिएको बताएका छन्। रास्वपाले आइतबार मात्र डा लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको थियो।