बेइजिङ, भदौ १७ :

प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससीओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई  आज बेइजिङ पुगेका छन् ।

प्रधानमन्त्री ओली रेलमार्गबाट त्यहाँ पुगेका हुन् । त्यसअघि प्रधानमन्त्री र उनी नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।