बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित #राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित
राजनीति

कर्मचारीले पार्टीको आदेश मानेर काम गर्नु हुँदैन : सभापति देउवा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ भदौ, २०८२ मा प्रकाशित
कर्मचारीले पार्टीको आदेश मानेर काम गर्नु हुँदैन : सभापति देउवा
काठमाडौं, भदौ १९ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कर्मचारीले कुनै पनि पार्टी विशेषलाई फाइदा हुने गरी काम गर्न नपाइने भन्दै  देश, राष्ट्र र विधानअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए।

देउवाले निर्वाचनमा कसलाई मत दिने भन्ने कुरा व्यक्तिगत भएको उल्लेख गर्दै पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने बताए।

उनले भने, ‘कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन। देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो, कुनै पार्टीको लागि काम गर्ने होइन। चुनावमा कसलाई भोट दिने, कसलाई नदिने उसको कुरा हो त्यो। तर पार्टीको आदेश मान्ने होइन।’

सरकारी सेवाहरू चुस्त र दुरुस्त बनाउन कर्मचारीहरू क्रियाशील हुनुपर्नेमा देउवाको जोड थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार