बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
राजनीति

रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापति बन्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ भदौ, २०८२ मा प्रकाशित
रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापति बन्दै
काठमाडौं, भदौ १९ :

सङ्घीय संसद् संसदीय सुनुवाई समितिको रिक्त सभापतिको पदमा प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

उनको प्रस्तावकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौला रहेका छन्।

सभापति पदको निर्वाचनका लागि प्रकाशित तालिकाअनुसार आज खतिवडाले मनोनय दर्ता गराउनुभएको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए । भोलि अपराह्न ५:१५ बजे बस्ने समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थक सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम छ ।

संसदीय छानबिन विशेष समितिले ‘कुलिङ अफ पिरियड’ गडबडमा खतिवडालाई नैतिक जिम्मेवार ठहर्‍याएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार