
ललितपुर, भदौ २२ :
ललितपुर महानगरपालिकाले जावलाखेलस्थित न्हु: पोखरीको उत्तरतर्फ डिलमा बनेका संरचना भत्काएको छ । महानगरपालिकाले आइतबार ती संरचना अवैध भएको जनाउँदै डोजर लगाएर भत्काएको हो ।
महानगरले दिएको अवधिमा संरचना हटाउन अटेर गरेपछि महानगर आफैंले संरचना भत्काएको हो । संरचना भत्काउन उल्लेख्य संख्यामा नगर प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।
महानगरले यसअघि नै ३५ दिने सूचना जारी गरी सो क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाउन आग्रह गरेको थियो । वडा नम्बर ५ जावलाखेलमा रहेको ऐतिहासिक न्हु: पोखरीलाई महानगरपालिकाले पुन:निर्माण गर्ने तयारी गरेको छ ।