शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

पूर्वपत्नी बलात्कार प्रकरण : इन्स्पेक्टर गुरुङ जेल चलान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ भदौ, २०८२ मा प्रकाशित
पूर्वपत्नी बलात्कार प्रकरण : इन्स्पेक्टर गुरुङ जेल चलान
प्रतीकात्मकर तस्बिर ।
ललितपुर, भदौ २२ :

नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ बलात्कारको मुद्दामा कारागार चलान भएका छन् ।  पूर्वपत्नीको उजुरीमा पक्राउ परेका गुरुङलाई ललितपुर जिल्ला अदातलका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

इन्स्पेक्टर गुरुङ नख्खु कारागार चलान भएका हुन् । उनविरुद्ध बलात्कार, ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाइएको थियो ।इन्स्पेक्टर गुरुङ प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत थिए । इन्स्पेक्टर गुरुङले भने सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार