कास्की, भदौ २३ :

भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले पोखरामा पनि प्रदर्शन गरेका छन् ।  भ्रष्टाचार विरोधी नारा लेखिएको प्लेकार्ड लिएर उनीहरूले प्रधानमन्त्री केपी ओलीविरूद्ध चर्का नाराबाजी गरेका छन्। 

उनीहरूले ‘हाम्रो देश कसले बचाउँछ ?’, ‘लगानीभन्दा भ्रष्टाचार बढी’, ‘मेरो पैसा दे’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।
देशमा भ्रष्टाचारमा नेताहरु लिप्त भइरहेको तर नागरिकले भने अनेक दुख खेप्नु परिरहेको आवाज उनीहरुले उठाएका छन् । विभिन्न कलेज र स्कुलका विधार्थी पनि प्रदर्शनमा सहभागी छन्।

सामाजिक सञ्जाल बन्द हुँदा धेरैको व्यवसाय ठप्प हुनुका साथै रोजिरोटी गुमेको जेनजीको प्रदर्शनमा आएकाहरूले बताएका छन्।  जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले आज प्रदर्शन गरेका हुन् ।