इटहरी, भदौ २३ :

जेनजी प्रदर्शनका क्रममा इहटरीमा पनि प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ। 

इटहरी उपमहानगरपालिका कार्यालय अगाडि भएको प्रदर्शन नरोकिएपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको हो । प्रहरीको गोली लागेर १ जनाको घटनास्थलमै र अर्काको उपचारको क्रममा मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन। घाइतेहरु उपचार भइरहेको छ ।

आन्दोलनकारीहरूले उपमहानगर प्रवेश गरी आक्रमण गर्न थालेपछि कर्मचारी र जनप्रतिनिधिले भागेर ज्यान जोगाएका थिए।  आन्दोलनकारीहरू इटहरी उपमहानगर भित्र पसेर आक्रमण र आगो लगाउन थालेपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।