
नेपाली कांग्रेसले मुलुकको पछिल्लो अवस्थाबारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
भोलि (भदौ २४) गते बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । सोमबार ‘जेन–जी’ले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु भएको छभने सयौँ प्रदर्शनकारी घाइते भएका छन् ।
यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि पदाधिकारी बैठक बोलाएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित गरी प्रचण्डले बैठक बोलाएका हुन् ।
उपाध्यक्ष पम्फा भुसालले देशको स्थिति असामान्य भएकाले मंगलबार बिहान पदाधिकारी बैठक बोलाइएको हो । बैठक बिहान ९ बजे बस्ने जनाइएको छ । जेनजी पुस्ताले काठमाडौँ लगायत देशभर गरिएको प्रदर्शनमा थुप्रै व्यक्तिले ज्यान गुमाएका छन् ।