आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

राज्यको काम नागरिकको ज्यान लिनु होइन : बार एशोसिएसन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ भदौ, २०८२ मा प्रकाशित
राज्यको काम नागरिकको ज्यान लिनु होइन : बार एशोसिएसन
काठमाडौं, भदौ २३ :

नेपाल बार एशोसिएसनले जेनजीको प्रदर्शनमा भएको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राज्यले नागरिकको ज्यान लिन नमिल्ने उल्लेख गरेको छ। बारका महासचिव केदार कोइरालाद्वारा जारी विज्ञप्तिमा घाइते प्रदर्शनकारीको तत्काल निःशुल्क उपचारको माग गरिएको छ।

बारले ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरेको छ। साथै, दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउने सरकारी निर्णयप्रति पनि चिन्ता व्यक्त गर्दै नियन्त्रण होइन, समाधानमुखी उपायमार्फत नियमन गर्नुपर्नेमा जोड दिएको छ।

शान्तिपूर्ण प्रदर्शन, अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र विधिको शासन सुनिश्चित गर्न बारले सरकारलाई आग्रह गरेको छ। प्रदर्शनमा सुरक्षाकर्मीबाट बल प्रयोग भएको घटनाको बारले भर्त्सना गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार