काठमाडौं, भदौ २३ :

जेन-जी आन्दोलनमा भएको बल प्रयोग र मानवीय क्षतिपछि आलोचना बढेसँगै गृहमन्त्री रमेश लेखक राजीनामा दिने तयारीमा छन्। कांग्रेस पदाधिकारी बैठकमा घटनाको नैतिक जिम्मेवारी लिँदै लेखकले पदमा नबस्ने बताएको एक नेताले बताए ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा लेखकले ‘ठूलो मानवीय क्षति भएको छ, नैतिकताका आधारमा पदमा बस्दिनँ’ भन्दै राजीनामा दिने जानकारी गराएका हुन्। कांग्रेस नेताहरूले पनि घटनाबारे जिम्मेवारी लिनुपर्ने माग गरेका थिए।