काठमाडौं, भदौ २३ :
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल खुला गर्न आग्रह गरेका छन् ।
कांग्रेस पदाधिकारी बैठकपछि सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका तत्काल खारेज गर्न पनि आग्रह गरेका छन् । देउवाले प्रधानमन्त्रीसँग प्रत्यक्ष फोन संवाद गर्दै सामाजिक सञ्जालमाथिको बन्देजलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको बताए।
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेकै बेला सभापति देउवाले ओलीलाई फोन गरेका हुन् । सामाजिक सञ्जाल बन्द गरिएकोप्रति सत्तारुढ कांग्रेसले आपत्ति जनाउँदै आएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने