बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश

वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो

· मंगलबार, २४ भदौ, २०८२ मा प्रकाशित
वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो
वीरगन्ज, भदौ २४ :

जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा कर्फ्यू)को समयावधि थप गरेको छ ।

वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहले सामाजिक सञ्जाल बन्द भएको र काठमाडौँमा ‘जेनजीहरुमाथि भएको आक्रमणको विरोधमा प्रदर्शनीमा उत्रिएसँगै सोमबार राति ९ बजेदेखि जारी भएको निषेधाज्ञाको समयावधि आज अपराह्न ६ बजेसम्मको लागि बढाइएको हो ।

सोमबार राति ९ बजेदेखि आज बिहान ९ बजेसम्मका लागि निषेधाज्ञा  जारी भएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आज बिहान ११ बजेदेखि अपराह्न ६ बजेसम्मका लागि कर्फ्यूको समयावधि थप गरिएको जानकारी दिए । “हिजो बेलुका ९ बजेदेखि आज बिहान ९ बजेसम्म लगाइएको कर्फ्यू आदेश जारी भएको  थियो,” उनले भने, “यहाँको शान्तिसुरक्षाको अवस्था सहज नभएकाले निषेधाज्ञाको अवधि बढाइएको छ ।”

प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेराउ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार