आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

नेताका घर, पार्टी अफिस र सरकारी कार्यालय प्रदर्शनकारीको निसा‍नामा

सुरक्षाकर्मी हिजोको तुलनामा निकै संयमित
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ भदौ, २०८२ मा प्रकाशित
नेताका घर, पार्टी अफिस र सरकारी कार्यालय प्रदर्शनकारीको निसा‍नामा
काठमाडौं, भदौ २४ :

जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि सरकारविरुद्ध देशव्यापी प्रदर्शन चर्किएको छ । हिजोको गोली प्रहारको घटनाको विरोधमा देशव्यापी प्रदर्शन चर्चिएको हो ।

प्रदर्शनकारीहरुले काठमाडौंको चाबहिल, कोटेश्वर, सातदोबाटो, जोरपाटी,बालाजु,कलंकी, सितापाइला चोक लगायतका स्थानमा  टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुले नेताका निवासलाई निसाना बनाएका छन् । नेताका गाडीमा ढुंगामुडा गर्नुका साथै सरकारी कार्यालयहरुमा पनि आगजनी गरेका छन् । कर्फ्युका बाबजुद पनि उनीहरुले आन्दोलनलाई जारी राखेका छन् । प्रदर्शनकारीहरुले एमाले पार्टी कार्यालय,सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको निवास, एमाले नेता महेश बस्नेतको घरमा पनि आगजनी गरेका छन् ।

यसैगरी कांग्रेस नेता शेरबहादुर देउवाको निवासमा पनि आन्दोनकारीले तोडफोडको प्रयास  गरेका छन् । उनीहरुले विहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा तोडफोड गरेका छन् । चाबहिललगायत विभिन्न स्थानमा रहेको प्रहरी बिटमा पनि तोडफोट र आगजनी गरेका छन् ।

काठमाडौं, भक्तपुर, ललितपुर लगायतका धेरै जिल्लाहरुमा कर्फ्यू तोड्दै आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् । चोक-चोकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।रौतहटको चन्द्रपुर नगरपालिकामा आन्दोलनकारीले आगजनी गरेका छन् ।  हिजोको तुलनामा आज सुरक्षाकर्मी निकै संवेदनशील बनेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार