काठमाडौं, भदौ २४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। मंगलबार विज्ञप्ति जारी गरी रास्वपाले निहत्था युवामाथि भएको आमहत्याको घोर निन्दा गर्दै वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको निष्कर्षसहित सामूहिक राजीनामा दिएका हुन् ।

रास्वपाले  प्रधानमन्त्रीको तत्काल राजीनामा दिएर सर्वपक्षीय नागरिक सरकार गठन गर्न माग गरेको छ । संसदीय दलको कार्यवाहक सभापति डोल प्रसाद अर्यालद्वारा हस्ताक्षर गरेको विज्ञप्तिमा  २० सांसदको नाम समावेश गरिएको छ। रास्वपाले राजनीतिक निकासका लागि अन्तरिम नागरिक सरकार गठन गर्नुपर्नेमा जोड दिएको छ।