काठमाडौं, भदौ २४ :

प्रदर्शनकारीहरुले राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी गरेका छन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा आगो लगाइरहेका छन् ।