काठमाडौं, भदौ २४ :
वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले सार्वजनिक सम्पत्ति जोगाउन र संयमित बन्न अपिल गरेका छन् । देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न प्रदर्शनकारीहरूलाई विशेष अपिल गरेका हुन्।
डा. रुइतले भने, 'सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं।'
उनले सबैलाई शान्तिपूर्ण ढंगले देश निर्माणमा जुट्न आह्वान गर्दै थपे, 'सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं।'
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने