काठमाडौं, भदौ २४ :
प्रधानमन्त्रीले राजीनामा दिएपछि वर्तमान सरकारले घुँडा टेकेको भन्दै विजय उत्सव मनाउन थालेका छन् । दिनभर उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाहाले पटक पटक जेनजीलाई सार्वजनिक सम्पत्तिमा आगजनी नगर्न र घर फर्कन आग्रह गरेका थिए । सोही बमोजिम उनीहरुले तोडफोडलाई रोक्दै ठाउँठाउँमा विजय उत्सव मनाउन थालेका छन् ।
सरकारले लगाएको कर्फ्यू आदेशको वास्तै नगरी प्रदर्शनकारीहरुले देशभरका प्रशासनिक निकायमा आगजनी गरी क्षति पुर्याएका छन् ।
सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा उत्रिएका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने