काठमाडौं, भदौ २४ :

प्रदर्शनकारीहरुले नेपाल टेलिभिजनमा पनि आक्रमण गरेका छन् । 

सिंहरबारस्थित कार्यालय रहेको भवनको झ्यालमा तोडफोड गर्नुका साथै प्रदर्शनकारीहरुले पार्किङमा रहेका केही सवारी साधनमा तोडफोड गरी क्षति पुर्याएका छन् । साथै उनीहरुले त्यहाँ रहेका केही कम्प्युटरहरुमा समेत क्षति पुर्याएका छन् ।