काठमाडौं, भदौ २५ :
जेनजी आन्दोलनको मंगलबारको प्रदर्शनका क्रममा काठमाडौँको प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले आक्रमणका क्रममा एक असई (सहायक निरीक्षक) र अर्का एक जना प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन्।
उनका अनुसार हालसम्म अन्य स्थानहरूमा थप प्रहरीको मृत्यु भएको यकिन विवरण आइसकेको छैन। केही प्रहरीहरूसँग सम्पर्क हुन नसकेको र उनीहरूको अवस्थाबारे खोजी भइरहेको जानकारी घिमिरेले दिए।
‘केही सम्पर्कविहीन छन्, कसैको अवस्था पुष्टि हुन बाँकी छ, त्यसैले अहिलेलाई निश्चित रूपमा भन्न सकिने अवस्था छैन,’ डीआईजी घिमिरेले बताए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने