काठमाडौं, भदौ २५ :

जेनजी आन्दोलनको मंगलबारको प्रदर्शनका क्रममा काठमाडौँको प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले आक्रमणका क्रममा एक असई (सहायक निरीक्षक) र अर्का एक जना प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन्।

उनका अनुसार हालसम्म अन्य स्थानहरूमा थप प्रहरीको मृत्यु भएको यकिन विवरण आइसकेको छैन। केही प्रहरीहरूसँग सम्पर्क हुन नसकेको र उनीहरूको अवस्थाबारे खोजी भइरहेको जानकारी घिमिरेले दिए।

‘केही सम्पर्कविहीन छन्, कसैको अवस्था पुष्टि हुन बाँकी छ, त्यसैले अहिलेलाई निश्चित रूपमा भन्न सकिने अवस्था छैन,’ डीआईजी घिमिरेले बताए।