बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित #सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित
राजनीति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा

· बुधबार, २५ भदौ, २०८२ मा प्रकाशित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा
काठमाडौं, भदौ २५ :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा आएको छ । विषम परिस्थितिका कारण मङ्गलबारदेखि बन्द रहेको अन्तरराष्ट्रिय विमानस्थल तत्काल लागु हुनेगरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलले सार्वजनिक सूचना जारी गर्दै विषम परिस्थितिका कारण मङ्गलबारबाट बन्द गरिएका हवाई उडानलाई आज बसेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा समितिको निर्णयानुसार पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो ।

हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउन अनुरोध गरेको छ  । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनसमेत अनुरोध गरिएको छ ।

यसैबीच निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बिहीबार बिहानदेखि उडान सञ्चालन हुने जानकारी गराएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार