बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता #मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता
राजनीति

वार्ताका लागि सेनाको पहल : सरकारको नेतृत्व सिफारिसमा जेनजी समूहभित्रै असन्तुष्टि

जंगीअड्डाबाहिर नाराबाजी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ भदौ, २०८२ मा प्रकाशित
वार्ताका लागि सेनाको पहल :  सरकारको नेतृत्व सिफारिसमा जेनजी समूहभित्रै असन्तुष्टि
काठमाडौं, भदौ २५ :

सरकार गठनका लागि भइरहेका छलफलहरूबीच जेनजी समूहभित्र नेतृत्वको विषयमा मतभेद चुलिँदै गएको छ। बुधबार दिउँसो जंगीअड्डामा भएको छलफलका क्रममा जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम सरकार प्रमुखको रूपमा सिफारिस गरेपछि समूहभित्र व्यापक असन्तुष्टि देखिएको छ।

सिफारिसको समाचार सार्वजनिक भएसँगै जंगीअड्डाबाहिर भेला भएका युवाहरुले विरोधमा नाराबाजी गर्न थालेका छन्। कतिपय प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, सामाजिक अभियन्ता र स्वतन्त्र नेतृत्वदायी भूमिका निभाइरहेका अन्य व्यक्तिहरूको नाम अगाडि सार्दै कार्कीको उम्मेदवारीमाथि प्रश्न उठाएका छन्।

सेनाले वार्ताका लागि पहल गर्दै सरकारको नेतृत्वको सिफारिस गर्न आग्रह गरे पनि जेनजी समूहभित्र साझा निर्णयमा पुग्न कठिन भइरहेको छ। नेतृत्व र नीति–कार्यदिशाका विषयमा मतभेद बढिरहेका बेला करिब ४ हजारभन्दा बढी जेनजी सदस्यहरूले भर्चुअल मिटिङमार्फत नेतृत्व र भावी रणनीति तय गर्ने प्रयास गरे पनि ठोस निष्कर्षमा पुग्न सकेका छैनन्।

नेतृत्वको स्पष्टता नहुँदा सरकार गठनको प्रक्रिया ढिलाइ भएको आम सर्वसाधारणको बुझाइ छ। राजनीतिक रिक्तता चुलिँदै गएको वर्तमान अवस्थामा जेनजी समूहभित्र एकरूपता र सहमति नहुनु नै मूल अवरोधका रूपमा देखिएको छ। जेनजी समूहभित्र बढ्दो असहमति र बाहिरको चापकाबीच जेनजी नेतृत्व कसरी अघि बढ्नेछ भन्ने चासो बढ्दै गएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार