मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात #चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात
समाचार प्रदेश बागमती प्रदेश

रामेछाप कारागारबाट भाग्न खोजेका दुई कैदीको सेनाको गोलीबाट मृत्यु, १० जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ भदौ, २०८२ मा प्रकाशित
रामेछाप कारागारबाट भाग्न खोजेका दुई कैदीको सेनाको गोलीबाट मृत्यु, १० जना घाइते
प्रतीकात्मक तस्बिर ।
रामेछाप, भदौ २६ :

रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान कैदीहरूले विभिन्न च्यानलमा लगाइएको ताल्चा फोड्दै कारागारबाट भाग्ने प्रयास गर्दा स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउन बाध्य भएको जनाइएको छ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार, कैदीहरू सम्झाउँदा नमानेपछि बल प्रयोग गर्नुपरेको हो। 

गोली लागेर दुई कैदीको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन्। अन्य १० जना कैदीहरू सामान्य घाइते भएका छन्। घाइतेहरूको हाल रामेछाप अस्पतालमा उपचार भइरहेको छ।

थापाका अनुसार अहिले कारागार सुरक्षाकर्मीहरूको पूर्ण नियन्त्रणमा छ। कारागारमा हाल १६ जना महिला र ३१८ जना पुरुष गरी कुल ३३४ जना कैदीबन्दी रहेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार