सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा, प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ भदौ, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा, प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति
काठमाडौं, भदौ २९ :

सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूलाई सहिद घोषणा गरेको छ। साथै, मृतकका परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहणसँगै उक्त निर्णय गरेको जानकारी मुख्यसचिव एकनारायण अर्यालले दिएका छन्। उनका अनुसार, आन्दोलनमा मृत्यु भएका सबैलाई सहिद घोषणा गर्दै मृतक परिवारलाई आर्थिक सहायता प्रदान गरिनेछ।

त्यस्तै, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार व्यवस्था गर्नेसमेत सरकारले गरेको मुख्यसचिव अर्यालले बताए । उनका अनुसार घाइतेको उपचार प्रक्रिया पनि अघि बढिसकेको छ। अहिले विभिन्न अस्पतालमा आन्दोलनका घाइतेहरुको उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार