
काठमाडौं, भदौ २९ :
वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री कार्कीको औपचारिक सिफारिसपछि राष्ट्रपति पौडेलले नियुक्ति स्वीकृत गरेका हुन्।
यसअघि आजैका दिन महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका थिए, जसलाई राष्ट्रपति पौडेलले स्वीकृत गरेलगत्तै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइएको थियो।
सविता भण्डारी बरालको नियुक्तिसँगै नेपालले पहिलोपटक महिला महान्यायाधिवक्ता पाएको छ। यसअघि उक्त पदमा कुनै महिलाको प्रतिनिधित्व भएको थिएन।