सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

वेस्ट इन्डिजसँगको टी–२० सिरिजका लागि नेपाली टोली घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० भदौ, २०८२ मा प्रकाशित
वेस्ट इन्डिजसँगको टी–२० सिरिजका लागि नेपाली टोली घोषणा
काठमाडौं, भदौ ३० :

वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० सिरिजका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ। 

मुख्य प्रशिक्षक स्टुअर्ट लले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टिम सोमबार सार्वजनिक गरेका हुन्। टोलीको उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाएका छन्।

उक्त सिरिज सेप्टेम्बर २७, २९ र ३० तारिखमा संयुक्त अरब इमिरेट्स (युएई को शारजाह क्रिकेट मैदानमा खेलिनेछ।

यो सिरिज नेपालले सन् २०२६ मा हुने आईसीसी टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरूप खेल्न लागेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार