सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

बिलबिनाका सामान नकिन्न काठमाडौं प्रहरीको आग्रह

लुटपाट र चोरीका सामान हुन सक्छन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १ असोज, २०८२ मा प्रकाशित
बिलबिनाका सामान नकिन्न काठमाडौं प्रहरीको आग्रह
काठमाडौं, असोज १ :

जेनजी आन्दोलनका क्रममा भएको लुटपाट र चोरीका घटनापछि काठमाडौं प्रहरीले सर्वसाधारणलाई बिलबिनाका सामान नकिन्न अपिल गरेको छ।

प्रदर्शनपछि बैंक, वित्तीय संस्था, घर र व्यापारिक प्रतिष्ठानहरूबाट लुटपाट भएकाले यस्ता सामान बिक्रीका लागि बजारमा आउन सक्ने आशंका प्रहरीको छ।

सुन, चाँदी र गरगहनाजस्ता मूल्यवान सामग्री खरिद गर्दा अनिवार्य बिल भर्पाई जाँच गर्न आग्रह गर्दै प्रहरीले कुनै पनि शंकास्पद वस्तु खरिद नगर्न सतर्क गराएको छ। प्रहरीले यस प्रकारको सूचना वा चेतावनीको अवज्ञा गरे कानुनी कारबाही हुने स्पष्ट पारेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार