मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा #नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा
खेलकुद क्रिकेट

पाकिस्तानसँग पराजित भएसँगै नेपाल एसिया कपको समूह चरणबाट बाहिरियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १९ मिनेट अगाडि प्रकाशित
पाकिस्तानसँग पराजित भएसँगै नेपाल एसिया कपको समूह चरणबाट बाहिरियो
दोहा, मंसिर ८ :

नेपाल एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा  पाकिस्तान ‘ए’सँग पराजित भएपछि नेपाल उक्त प्रतियोगिताबाट बाहिरिएको हो ।

कतारको  दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल बनायो । पाकिस्तानका लागि रोहेल नाजिरले सर्वाधिक अविजित ६४ रन बनाए । त्यस्तै हसन नवाजले २८ र अहमद दानियालले १६ रन बनाए ।

बलिङतर्फ नेपालका राशिद खानले ५ विकेट लिए । उनले ८ ओभरमा ३९ रन खर्चिए । त्यस्तै अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक एक विकेट लिए ।

एक सय ६९ रनको विजयी लक्ष्य पाएको नेपालको पारी १७ दशमलव तीन ओभरमा ७२ रनमै समेटियो । नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए । यस्तै बसिर अहमदले ११ रन बनाए । बलिङतर्फ पाकिस्तान ‘ए’का लागि दुई मोहमद हसनैन र सुफायन मोकिमले तीन तीन तथा मोहमद इमरानले दुई र माज सदाकतले एक विकेट लिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार