मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क #बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क
खेलकुद क्रिकेट

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी विजयी

कोसी प्रदेशलाई ६ विकेटले पराजित
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १९ मिनेट अगाडि प्रकाशित
दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी विजयी
सुर्खेत, मंसिर ८ :

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको महिला क्रिकेटको सुरुआती खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर रङ्शाशालामा भएको उक्त  खेलमा आर्मी क्लबले कोसी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गर्न पुगेको कोशी प्रदेशले सवै विकेट गुमाएर ६५ रन मात्र बनायो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रनको योगदान दिइन् । उनले ३६ बल खेल्ने क्रममा एक छक्का र पाँच चौका प्रहार गरिन् ।

बलिङतर्फ आर्मीकी यमुना थारुले सर्वाधिक चार विकेट लिइन् । उनले चार ओभर बलिङ गर्ने क्रममा दुई ओभर मेडन राख्दै छ रन मा खर्चिन । यसैगरी मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, इश्वरी विष्ट, लक्ष्मी साउँद र सङ्गीता गुरुङले एक–एक विकेट लिइन् ।

आर्मीले ६६ रन १३ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा बनायो । आर्मीका लागि विन्दु रावलले सर्वाधिक २१ रन बनाइन् । उनले २८ बलको सामना गर्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै, रुवी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन् ।

बलिङतर्फ कोशीकी रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिइन् । प्रतियोगिताको प्लेयर अफ दी म्याच आर्मीकी यमुना थारु घोषित भइन् । प्रतियोगिताअन्तरगत नेपालगञ्जमा पौडी, बर्दियामा टेनिस, सुर्खेतमा पुरुष फुटबल, महिला बास्केटबल र महिला क्रिकेट खेल सञ्चाल भएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहत्ताले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार