मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क #बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क
राजनीति प्रदेश बागमती प्रदेश

‘विपद् प्रभावित क्षेत्रका लागि बागमती प्रदेश सरकारले ६ अर्ब परिचालन गर्ने’

पुनःस्थापना, पुनर्निर्माण र प्रभावित नागरिकको जीविकोपार्जन प्राथमिकतामा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २० मिनेट अगाडि प्रकाशित
‘विपद् प्रभावित क्षेत्रका लागि बागमती प्रदेश सरकारले ६ अर्ब परिचालन गर्ने’
ललितपुर, मंसिर ८ :

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण गर्न प्रदेश सरकारले ६ अर्ब परिचालन गर्ने बताएका छन् ।

बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको भोटेकोशी बाढीपश्चात् पुनर्निर्माण र पुनःस्थापनाका क्षेत्रमा हालसम्म भएका कार्य, आगामी कार्ययोजनासम्बन्धी समन्वय बैठकमा उनले बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना, पुनर्निर्माण र प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकतामा राखेर काम गरिने जानकारी दिए ।

उनले भने, “विभिन्न क्षेत्रका योजना कटौती गरी विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ । विपद् कोषमा रहेको १० करोड पाँच लाख तत्कालै खर्च हुने अवस्था आएपछि चालु बजेटमा रहेका कम प्राथमिकताका विकास योजना कटौती गरी प्रत्येक मन्त्रालयबाट १० देखि २० प्रतिशतसम्म बजेट व्यवस्थापन गरेको छ ।”

मुख्यमन्त्री थापा मगरले सडक, पुल, बस्ती व्यवस्थापन, व्यवसाय पुनःस्थापना तथा अन्य प्रभावित संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने विश्वास दिलाए ।

गत भदौ १० गतेको बाढीपछि प्रदेश सरकारले तत्कालै विपद् परिषद्को बैठक बसेर खोज, उद्दार, उपचार, राहत वितरण तथा वैकल्पिक सडक सञ्चालनका काम सुरु गरेको मुख्यमन्त्रीले स्मरण गरे ।

उनले प्रभावित नागरिकका माग र आवश्यकताका आधारमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर योजनाबद्ध रूपमा बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहबीच एउटै लक्ष्य र योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री थापा मगरले तीनै तहका सरकार छुट्टाछुट्टै ढङ्गले अघि बढ्दा अपेक्षित परिणाम हासिल गर्न नसकिने बताए ।

प्रभावित नागरिकको पीडा प्रदेश सरकारले गम्भीरतापूर्वक महसुस गरेको उल्लेख गर्दै उनले स्थानीय जनप्रतिनिधिले सीमित स्रोतसाधनका बाबजुद उद्दार, राहत तथा व्यवस्थापनमा पु¥याएको योगदानको प्रशंसा गरे ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले  वास्तविक समस्यामा आधारित रही समस्या सम्बोधन हुने ढङ्गले व्यवस्थापन गरिनुपर्छ गर्नुपर्ने आवश्यकता आँैल्याए ।

उनले विपद्सम्बन्धी समयमा काम गर्न सकिएन भने स्थानीय निर्वाचनका कारण पुनर्निर्माण र पुनःस्थापनाका समस्या ओझेलमा पर्न सक्ने भएकाले बजेटबाट के–के काम गर्न सकिन्छ भनी ध्यान पु¥याउन आवश्यक रहेको बताए ।

प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सरल सहयात्री पौडेलले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन परम्परागत कार्यान्वयन प्रणालीभन्दा फरक र परिणाममुखी मोडेल अपनाउनुपर्नेमा जोड दिए ।

उनले पुनःस्थापनालाई मुख्यतः मानवीय सहायता, रोजगारी तथा जीविकोपार्जन, भौतिक पूर्वाधार र बस्ती व्यवस्थापनका क्षेत्रमा केन्द्रीत गर्नुपर्ने बताए ।

मन्त्री पौडेलको विपद्का कारण परिवारका सदस्य गुमाएका, व्यवसाय गुमाएका तथा आर्थिक रूपमा कमजोर बनेका नागरिकलाई लक्षित गरी मनोसामाजिक सहयोग, सिपमूलक तालिम र रोजगारीका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव थियो । 

प्रदेशसभा सदस्यहरु प्रभात तामाङ र रमेशकुमार महत तथा रसुवा र नुवाकोटका स्थानीय तहका प्रमुख उपप्रमुख, वडाअध्यक्ष लगायतले स्थानीय समस्याबारे जानकारी गराए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार