मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

सभामुख घिमिरेले भने- संसद् विघटन नगरी विकल्प खोजिएको भए राम्रो हुन्थ्यो [तस्बिरसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २ असोज, २०८२ मा प्रकाशित
सभामुख घिमिरेले भने- संसद् विघटन नगरी विकल्प खोजिएको भए राम्रो हुन्थ्यो [तस्बिरसहित]
काठमाडौं, असोज २ :

सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । 

आगजनी र तोडफोडबाट ध्वस्त भएको संसद् भवनको आज (बिहीबार) अवलोकनका क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा सभामुखले यस्तो टिप्पणी गरेका हुन् ।‘राजनीतिक निकासका लागि सबै पक्ष तयार हुनुपर्छ,’ उनले भने, ‘संसद् विघटन नगरी वैकल्पिक उपायहरू खोजिएको भए राम्रो हुन्थ्यो।’

संसद् भवनमा भएको तोडफोड तथा आगजनीप्रति सभामुख घिमिरेले गहिरो दुःख व्यक्त गरे। ‘जेनजी आन्दोलनका क्रममा अत्यन्तै पीडादायक घटना घट्यो,’ उनले भने, ‘संसद् भवनसहितका संरचना ध्वस्त भए। अब हामीले यस क्षति र हानीबाट उठेर अघि बढ्नुपर्छ।’

अवलोकनका गर्न सभामुखसँगै उपसभामुख इन्दिरा राना पनि संसद् भवन पुगेकी थिइन् । उनीहरुसँगै एमालेका प्रमुख सचेतक महेश बर्तौला पनि पुगेका थिए

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर अहिले अन्तरिम रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको छ। सभामुख र उपसभामुख दुवैजना अन्तरिम सरकारका मन्त्रीहरुको शपथ ग्रहण समारोहमा भने गएनन् ।

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार