
काठमाडौं, असोज २ :
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाको सैनिक ब्यारेकबाट फर्किएका छन्। गत भदौ २४ देखि सैनिक संरक्षणमा ब्यारेकमा बस्दै आएका ओली भक्तपुरको गुण्डुमा सरेका छन्।
जेनजी आन्दोलनका क्रममा सुरक्षाको दृष्टिले नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएको थियो। बालकोटस्थित ओलीको निजी निवास आन्दोलनकारीद्वारा जलाइएपछि उनी सुरक्षित बसोबासका लागि गुन्डु सरेका हुन्। गुण्डुमा उनका लागि भाडाको घरको व्यवस्था गरिएको छ।
ओलीलाई नयाँ बसोबासस्थलमा स्थानान्तरण गर्न एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले पहल गरेका हुन्। बस्नेतका अनुसार ओलीलाई चाँडै नै एक कार्यक्रममार्फत् सार्वजनिक रूपमा प्रस्तुत गरिने छ।