सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
खेलकुद

छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमलले जिते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३ असोज, २०८२ मा प्रकाशित
छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमलले जिते
गोरखा, असोज ३ :

संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाद्वारा आयोजित खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमल नेपालीले हात पारेका छन् ।

गोरखा नगरपालिका–९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दूरी १८ मिनेट २८ सेकेण्डमा पार गर्दै नेपालीले प्रथम स्थान हासिल गरेका हुन् । सोही दूरी १८ मिनेट ३४ सेकेण्डमा पार गर्दै सरोज गिरी द्वितीय भए । सनम गुरुङले सोही दूरी १९ मिनेट १९ सेकेण्डमा पार गर्दै तृतीय भएका छन् भने १९ मिनेट ४४ सेकेण्डमा पार गर्दै प्रवीन थापाले सान्त्वना स्थान हासिल गरेको क्लबका अध्यक्ष राज गुरुङले जानकारी दिए ।

क्लबले प्रथम हुनेलाई पाँच हजार नगद, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई तीन हजार मेडल र प्रमाण, तृतीय हुनेलाई दुई हजार नगद, मेडल र प्रमाण प्रदान गरेका छन् भने सान्त्वना हुनेलाई रु एक हजार पुरस्कार प्रदान गरेको क्लबका अध्यक्ष राज गुरुङले जानकारी दिए ।

विजेता धावकहरूलाई गोरखा नगरपालिकाका मेयर कृष्ण रानामगर, गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका लियो क्लब अफ गोरखाका सल्लाहकार भगवानबाबु मास्के, लियो डिस्ट्रिक्ट तीन सय २५ जे नेपालका अध्यक्ष बालकृष्ण परियार, लायन्स क्लब अफ गोरखाका अध्यक्ष अयोध्या जोशीले पुरस्कार प्रदान गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार